तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 03-2026-M73A76 |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गुनासो स्रोत | वेब एप |
| गुनासो कर्ता | , , |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | महोदय, म यो पत्रमार्फत हाल विभिन्न कार्यक्रममा अत्यधिक ठूलो भोल्युममा बजाइने संगीत, तथा राति अबेरसम्म सिङ्गल सिलिण्डर ट्र्याक्टर संचालन गर्ने जस्ता गतिविधिहरूका कारण हाम्रो समाजमा परिरहेका समस्याहरूबारे ध्यानाकर्षण गराउन चाहन्छु। उक्त प्रकारका कार्यबाट एक–दुई व्यक्तिले केही समयको सुविधा पाउन सक्छन् तर यसले ठूलो संख्यामा बालबालिका, वृद्धवृद्धा, विद्यार्थी तथा अन्य सर्वसाधारणमा अत्यन्तै नकरात्मक प्रभाव परिरहेको छ। रातिको समयमा यस्तो ठूलो आवाजले स्वास्थ्यमा हानि पुर्याउनुका साथै अध्ययन, विश्राम र शान्त वातावरणमा बस्ने सबैको अधिकारमा प्रत्यक्ष असर परेको छ। यस किसिमको कार्य केवल कानूनी रूपमा मात्र संवेदनशील नभई सामाजिक दृष्टिकोणले पनि राम्रो बानी होइन। दीगो र शान्त वातावरण निर्माण गर्नका लागि आवश्यक नियम, नीति तथा नियन्त्रण उपायहरू अवलम्बन गरिनु अपरिहार्य देखिन्छ। अत: यस्तो समस्या पुन: नदोहरियोस् र समाज शान्त, सुरक्षित र स्वस्थ वातावरणमा बस्न सक्षम होस् भन्ने उद्देश्यले सम्बन्धित निकायले समयमै प्रभावकारी कदम चाल्न, अनुगमन गर्न तथा आवश्यक नीति/निर्णय कार्यान्वयन गर्न विशेष पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। यस गम्भीर समस्याप्रति तपाईंहरूको प्राथमिक ध्यानाकर्षण हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु। धन्यवाद। |
| कार्यहरू |
जनगुनासो नमस्ते रामधुनी मा दर्ता भएको छ ।
नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जनगुनासो प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। --
नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जनगुनासो नमस्ते रामधुनी कक्षले अनुगमन गर्दै छ। --
नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
|