तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2026-V63OBT
मिति
स्थिति दर्ता भएको
गुनासो स्रोत वेब एप
गुनासो कर्ता , ,
गुनासो/उजुरीको संक्षिप्त विवरण महोदय, यस पत्रमार्फत नगरपालिकाको विभिन्न क्षेत्रमा देखिँदै आएका केही अव्यवस्थित तथा गैरजिम्मेवार गतिविधिले सर्वसाधारणमा परिरहेको गम्भीर समस्याप्रति ध्यानाकर्षण गराउन चाहन्छु। नगरपालिकाका धेरै स्थानहरूमा मुख्य सडक र सार्वजनिक बाटोमै अन्न सुकाउने, थ्रेसर, ट्रली, ट्र्याक्टरका अटेचमेन्टहरू राख्ने, साथै दाउरा, फोहरफाल तथा अन्य अनावश्यक सामग्री सडकमै जम्मा गर्ने जस्ता गतिविधिहरू नियमित रूपमा देखिन्छ। यसले निम्न समस्या उत्पन्न गरिरहेको छ— सडक प्रयोग गर्ने सर्वसाधारणको स्वतन्त्र हिँडडुलको अधिकारमा अवरोध सवारी–साधनको आवागमनमा अवरोध तथा दुर्घटना सम्भावना धुलो–धुवाँ तथा फोहरफालका कारण प्रदूषण नगरपालिकाको स्वच्छता, सुव्यवस्था तथा सौन्दर्यकरणमा नकारात्मक प्रभाव सडक सबैको साझा सम्पत्ति हो र यसको अवरोध रहित प्रयोग गर्नु नागरिकको आधारभूत अधिकार हो। तर यस्ता अव्यवस्थित क्रियाकलापका कारण सार्वजनिक बाटो नै निजी उपयोगको स्थान बनेजस्तै देखिन थालेको छ, जसले नगरपालिका व्यवस्थापन र सामुदायिक अनुशासन दुबैलाई असर पुर्याइरहेको छ। अत: उक्त समस्याको स्थायी समाधानका लागि सडक प्रयोगमा कडाइका साथ नियम कार्यान्वयन गरिदिन, अनुगमन र आवश्यक निर्देशन प्रदान गर्न, तथा उल्लंघन गर्नेहरूमाथि उचित कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछु। यस विषयलाई नगरपालिकाले प्राथमिकताका साथ सम्बोधन गरी सुन्दर, स्वच्छ र सुरक्षित नगरपालिका निर्माणमा कदम चाल्नुहुनेछ भन्ने विश्वास लिएको छु। धन्यवाद।
कार्यहरू
जनगुनासो नमस्ते रामधुनी मा दर्ता भएको छ । नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जानकारी प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। -- नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जानकारी नमस्ते रामधुनी कक्षले अनुगमन गर्दै छ। -- नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय