तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 05-2025-NA2VRP |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गुनासो स्रोत | वेब एप |
| गुनासो कर्ता | सावन कुमार चौधरी, रामधुनी नगरपालिका, |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | मिति २०८२/०१/२१ श्रीमान नगर प्रमुख ज्यू रामधुनी नगरपालिका, कोशी प्रदेश सुनसरी विषय: सिंचाइ अभावसम्बन्धी समस्या सम्बन्धमा। महोदय रामधुनी नगरपालिका वडा नं. ४ का किसानहरूको तर्फबाट म तपाईं समक्ष गम्भीर रूपमा यो पत्रमार्फत सिंचाइ सेवासम्बन्धी समस्या प्रस्तुत गर्न चाहन्छु। हाल कृषकहरू अत्यधिक समस्यामा छन्, किनभने आवश्यक समयमा सिंचाइको सुविधा प्राप्त हुन सक्दैन। विडम्बनापूर्ण कुरा के छ भने, जब पानीको आवश्यकता हुँदैन, त्यतिबेला मात्र पानीको आपूर्ति गरिएको देखिन्छ। कृषिमा सिजन अनुसार पानीको आवश्यकता हुन्छ, तर हाल देखिएको व्यवहार अनुसार सिंचाइ समिति वा अन्य निकायहरूको इच्छाअनुसार मात्र पानी प्रवाह हुने गरेको पाइन्छ, जुन पूर्ण रूपमा अनुचित छ। किसानहरूले खेत सिञ्चाइ गर्न हप्तौं कुर्नु परेको छ – एउटा विघा जमिन सिञ्चाइ गर्न झण्डै एक हप्ता लाग्ने अवस्था छ, जसको कारण उत्पादन लागत बढ्नुका साथै समयमै सिञ्चाइ नपाउँदा बालीमा नोक्सान भइरहेको छ। मैले हालै मात्र यो पेशा थालेको भए तापनि किसानहरूले भोगिरहेको पीडा बुझ्न गाह्रो छैन। केही किसानहरूले पम्पिङ सेट प्रयोग गरेर बोरिङमार्फत सिञ्चाइ गर्ने प्रयास गरेका छन्, जसमा पानीको मूल्य अत्यधिक महँगो पर्ने देखिन्छा सहज रुपमा पानीको आपूर्ति भएको खण्डमा उत्पादन लागत घट्छ। तसर्थ, निम्न बुँदाहरूमा तुरुन्त ध्यान दिनु आवश्यक देखिन्छ: 1. सिंचाइ तालिका पुनरावलोकन गरी किसानको आवश्यकता अनुसार पानी आपूर्ति हुने व्यवस्था मिलाइयोस्। 2. स्थानिय कुलो (canal)हरूको क्षमता अभिवृद्धि गरी पानी सहज रूपमा बहन सक्ने बनाइयोस्। 3. सिञ्चाइ सम्बन्धी निर्णय किसानसँगको समन्वयमा गरियोस्, न कि समिति वा कार्यालयको मनपरीमा। 4. बोरिङ प्रविधिमा सहयोग तथा वैकल्पिक उपायमा अनुदान वा प्रविधि हस्तान्तरण गरियोस्। 5. सिञ्चाइको असमान वितरणका कारण भएको उत्पादन घटेको क्षतिपूर्ति सम्बन्धमा छलफल गरियोस्। श्रीमान्, यो विषय केवल किसानहरूको समस्या मात्र होइन, समग्र कृषि प्रणाली र खाद्य सुरक्षासँग जोडिएको गम्भीर मुद्दा हो। त्यसैले यसमा तुरुन्तै ध्यान दिइयोस्, नत्र किसानहरूको विश्वास घट्नुका साथै उत्पादनमा ठूलो गिरावट आउन सक्नेछ। हामी यस पत्रलाई गम्भीर रूपमा लिइ तुरुन्त कार्यवाही हुने विश्वासका साथ प्रतीक्षा गर्नेछौं। धन्यवाद। भवदीय, सावन कुमार चौधरी रामधुनी -४, सुनसरी ९८४१७४७५८६ |
| कार्यहरू |
तँपाइकाे गुनासाे रामधुनी नगरपालिका,नगर कार्यपालिकाको कार्यालय, सुनसरी, कोशी प्रदेश, नेपाल, कृषि बिकाश तथा ब्यबस्थापन उपाशाखा , रामधुनी नगरपालिका झुम्का सुनसरी मा प्रकृयाकाे लागि पठाइएको छ ।
नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
जनगुनासो नमस्ते रामधुनी मा दर्ता भएको छ ।
नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जनगुनासो प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। --
नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जनगुनासो नमस्ते रामधुनी कक्षले अनुगमन गर्दै छ। --
नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
|