तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 05-2025-NHFZ60 |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | मिति: २०८२।०१।३० श्रीमान प्रमुख ज्यु, रामधुनी नगरपालिका , सुनसरी। विषय: बालीमा वन्यजन्तुबाट हुने क्षति नियन्त्रणको लागि सहयोग सम्बन्धमा। महोदय, रामधुनी नगरपालिका–४ स्थित किसान हरु पछिल्लो समयमा विशेष गरेर वन क्षेत्रसँग टासिएका कृषकहरू, र सामुदायिक वन नजिक रहेका क्षेत्रका किसानहरू, वन्यजन्तुबाट हुने बारम्बारको क्षतिबाट अत्यधिक समस्यामा परेका छन्। बाँदर,बदेल, मृग, नीलगाईलगायतका वन्यजन्तुहरूले खेतीयोग्य बालीहरूमा ठूलो क्षति पुर्याइरहेका छन्, जसको प्रत्यक्ष असर किसानको जीविकोपार्जनमा परेको छ। साथै, यस सन्दर्भमा सामुदायिक वन उपभोक्ता समूहको भूमिका अपेक्षाकृत रूपमा कमजोर देखिएको छ। वन क्षेत्रको व्यवस्थापन, वन्यजन्तुको निगरानी तथा नियन्त्रणमा प्रभावकारी पहल नहुँदा समस्या अझ जटिल बन्दै गएको छ। सामुदायिक वन संरक्षणका साथै वन्यजन्तुको उचित व्यवस्थापनमा सरोकारवाला निकायहरूको सहकार्य आवश्यक भइसकेको छ। स्थानीय स्रोतको उपयोगमार्फत व्यावसायिक कृषि प्रणाली विकास गर्न तथा रोजगारी सिर्जना गर्न हामी जस्ता निजी क्षेत्रले जब लगानीसहित दीगो कृषि प्रवर्द्धन गर्न चाहन्छौं, त्यस्तो अवस्थामा यस्ता समस्याले कृषि व्यवसायमै प्रतिकूल असर पारिरहेको छ। कृषि हाम्रो मुलुकको आर्थिक विकासको मेरुदण्ड हो भन्ने सन्दर्भमा, यस्ता समस्याको समाधानमा सम्बन्धित निकायहरूको सक्रियता आवश्यक देखिन्छ। अतः, वन डिभिजन कार्यालय, रामधुनी नगरपालिका, प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयजस्ता सम्बद्ध निकायहरूबाट समन्वयात्मक पहल, समाधानमुखी कार्यक्रम र सामुदायिक वनलाई अझ जिम्मेवार र प्रभावकारी बनाउन आवश्यक पहलको अपेक्षा गर्दछौं। धन्यवाद। स्थानीय किसान हरु फोन: ९८४१७४७५८६ |
| कार्यहरू |
तँपाइकाे गुनासाे रामधुनी नगरपालिका,नगर कार्यपालिकाको कार्यालय, सुनसरी, कोशी प्रदेश, नेपाल, पशुपंछी पालन तथा उत्पादन ब्यबसस्थापन उपाशाखा , रामधुनी नगरपालिका झुम्का सुनसरी मा प्रकृयाकाे लागि पठाइएको छ ।
नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
जानकारी नमस्ते रामधुनी मा दर्ता भएको छ ।
नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको अन्य प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। --
नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको अन्य नमस्ते रामधुनी कक्षले अनुगमन गर्दै छ। --
नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
|